श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

आत्मरक्षा तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार १९:५१

काठमाडौं, भदौ ६ गते ।
फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा पूर्ण÷आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए ।
उनीहरुलाई फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षा सम्बन्धी विभिन्न कला सिकाएका थिए । मगर नेपाल उमा कुङफु संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक प्रमुख प्रशिक्षक हुन् ।
दृष्टिविहीनहरुले पनि कसैबाट असुरक्षित महसुश गर्दा आफ्नो रक्षा आफै गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको मगरले बताए । ५ दिने तालिम जावलाखेलस्थित डिएभी स्कुलमा भएको थियो ।
सन् २०१३ देखि आत्मरक्षा सम्बन्धी तालिममा संलग्न मगरले देशका विभिन्न जिल्लामा पनि आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेका छन् । हालसम्म करिब २५ हजारलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको मगरले जानकारी गराए ।
कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित उपाय अपनाएर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु