नेपाली जनसम्पर्क समिती भारतको केन्द्रिय कार्यलयमा अन्तरक्रिया सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार २०:३१

उदय खड्का मुम्बई। नेपाली जनसम्पर्क समिती भारतको केन्द्रिय कार्यलयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेसका उपसभापति बिमलेन्द्र निधिको प्रमुख अतिथित्वमा विशिष्ट अतिथि बाल कृष्ण पाण्डे ,अतिथि महेन्द्र भुसाल ,बिर्जेस त्रिपाटि, खगेन्द्र कुवर ,हर्क बहादुर सावत खडक सिंह बम बिराट श्रेष्ठ ,सुनिता कुवर कृष्ण पाण्डे लगाएतले आ आफ्नो बिचार राख्नु भएको थियो।

कार्यक्रमको अध्यक्षता उदय खड्का ले गर्नु भएको थियो ।संचालन प्रेम पाण्डेले गर्नु भएको थियो प्रमुख अतिथिले नेपाली जनसम्पर्क समितिले राखेका मागलाई सम्बोधन गर्ने आश्वासन दिदै ने का केन्द्रिय महाअधिबेसनमा ५० जना प्रतिनिधि र निर्वाचनमा उम्मेद्बारी हुन पाउने गरि २ निर्वाचन क्षेत्र बाराबरको मान्यताको मागलाइ पाटिमा निर्णय गराउन सहयोग गर्ने ,प्रबास बाट फर्किएको समितिका साथि हरुलाइ तहगत रूपमा बेबस्था मिलाउने पहल गर्ने र अब हुने निर्वाचनहरुमा सबैलाइ सहभागी हुन अनुरोध गर्नुभयो।प्रबासबाट नेका लागि गरेको योगदान सम्मान गर्नु भएको थियो। विशिष्ट अतिथि बालकृष्ण पाण्डेले समितिका माग हरु राख्नु भएको थियो। दुताबासबाटै निर्वाचन परिचयपत्र निर्वाचन मा मत हाल्न पाउने पाटिमा समितिलाइ दिनु पर्ने अधिकारका बिषय उठाउनु भएको थियो र बिधान र निर्देसिका बितरण कार्यालय मर्मतका लागि जिम्मेवार दिने काम गर्नु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु