• पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १७:३६

    ७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ भने ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु