रोटरी कपनको सहयोगमा खाद्यान्न वितरण कार्यक्रम “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १७:५५

भाद्र ७ काठमाडौं । रोटरी क्लब अफ कपनकी उपाध्यक्ष (मेजर डोनर) शुचिता काफ्लेज्युकी ममतामयी माता नारायणी काफ्लेज्युको निधन भएको ४५ औं दिनको पुण्य तिथिका दिन क्लबले दु:ख ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् र मृत आत्मालाई चिर शान्ति मिलोस् भन्दै काफ्लेको निवास सुकेधारामा क्लबका पदाधिकारी एवं सदस्यहरु पस्थित भैई समवेदना प्रकट गर्ने कार्यक्रम गरियो ।

सो कार्यक्रमपछि काफ्लेले रोटरी क्लब अफ कपनको नामबाट ललितपुरको कुसुन्तीमा रहेको नेपाल स्नेही काख मनरोगी ब्यक्तिहरुलाई राखिएको स्थानमा खाद्यान्न वितरण गरियो । त्यस संस्था संचालिका एवं युवा समाजसेवी श्रीनेहा पोखरेलका अनुसार हाल संस्थामा महिला, पुरुष र बालबालिका गरि ७७ जना रहेका छन् । क्लबले आश्रय लिएका मनरोगीहरुलाई चामल, दाल, तेल, चाउचाउ, विस्कुट, चिनी, चियापत्ती, नुन, भुजा, मसला लगायतका खाद्यान्न बितरण गर्यो । कार्यक्रममा क्लबका अध्यक्ष डा. तेज रोक्का, ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्याल, क्लबका निवर्तमान अध्यक्ष शिबहरी खनाल, पुर्व अध्यक्ष एवं तारकेश्वर नगरपालिका वडा नं – ८ का अध्यक्ष मनोज कुमार घिमिरे लगायत कलबका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेकोको कुरा क्लबका सचीव प्रल्हाद दाहालले जानकारी गराउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु