• नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।हेर्नुहोस् आज मिति २०७९ साउन २३ गते, साेमवारको राशिफलपर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    १० बुँदे सहमतीको भ्रममा नपर्न अपिल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १८:२६

    काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकटको युवा संघ नेपालका अध्यक्ष नरेश शाहिले सामाजिक संजाल मार्फत कथित १० बुँदे सहमतीको भ्रममा नपर्न अपिल गरेको छ ।

    संघका अध्यक्ष नरेश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी एकता पक्षधर नेताका बीचमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने बिषयमा भएको सैद्धान्तिक सहमतीलाई ‘कम्मलमा छोपिएर घ्यू खाने’ टिप्पणी गर्दै यस्तो सहमतीको भ्रमणमा नपर्न अपिल गरेका हुन् ।

    ‘यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनको पुनरजागरण जरुरी छ’ शाहीले भने, ‘अबको दिशा नेकपा (एकीकृत समाजवादी) गठन र निर्माण त्यसैले युवा संघ नेपालका सम्पुर्ण कमरेडहरु युवा संघ, नेपालका नियमित साङ्गठनिक कामहरुमा निरन्तर सकृय रहन अपिल गर्दछु ।’

    समयले आफूहरुको काधमा नयाँ जिम्मेवारी प्रदान गरेको बताउदै उनले जिम्मेवारी वाट भाग्नु समाज र इतिहास माथिको अन्याय हुने जनाएका छन् । शब्दहरु क्रान्तिकारी लफ्फावाजिको प्रयोग गर्ने र व्यवहार कम्मलमा छोपियर घ्यु खाने प्रवृत्ति जनताले बुझिसकेकै बिषय भएकाले अहिलेको यथास्थितिले समाजलाइ कुनै परिवर्तन दिन नसकिने शाहीले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु