हेर्नुस् आज के छ नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १२:१८

काठमाडौं, ९ भदौ । नेपाली बजारमा सुनको मुल्य आज ३ सयले घटेको छ । हिजो प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ८ सय कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु