• नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।हेर्नुहोस् आज मिति २०७९ साउन २३ गते, साेमवारको राशिफलपर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १८:४१

    धरान । गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेका हुन्।

    सार्वजनिक म्युजिक भिडियोका लागि ऋगार सन्जु थलङले गरेकी हुन् भने ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन् । वान पिस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको भिडियो जनता डिजिडल फ्लिम मार्फत बजारमा ल्याइएको हो । म्युजिक भिडियो प्राविधिक पक्षको सम्पूर्ण इडिटिङ र कलरिङ अमृत चापागाईले गरेका हुन्।

    गीतकार राईका अनुसार यो म्युजिक भिडियो निर्माणका लागि मकाउका नेपाली समुदायको सहयोग रहेको छ । म्युजिक भिडियोका लागि मकाउका युवा व्यवसायी रुस्तम श्रेष्ठले मुख्य प्रायोजन गरेका छन् । त्यसैगरी नेपाली सहयोगी हातहरु मकाउ, गुरुङ “तमु” समाज मकाउ, किरात राई यायोक्खा मकाउ, मगर संघ मकाउ, शेर्पा समाज मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ, मकाउ तामाङ घेदुङ एशोसियएसन मकाउ, किरात याक्थुम चुम्लुङ मकाउ, एन होप ट्रेडिङ एण्ड ब्राण्ड लिमिटेट, महिला शक्ति समाज सुनसरी नेपाल र कविता राई लगायतले विशेष सहयोग र सह प्रायोजक गरेको गीतकार राईले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु