काठमाडौं । चर्चित लोक गायिका बिष्णु माझीको नयाँ तिज गीत ‘चरी जेलैमा’ युट्युवमा सार्वजनिक भएको एक साता नपुग्दै झण्डै ४० लाख भ्यूज पाएको छ।
सो गीतलाई पछिल्लो २४ घण्टामा मात्र १० लाख पटक हेरिएको छ।
गीतलाई रिलिजको ६ दिनमा कूल ३८ लाख ८५ हजारभन्दा बढी पटक हेरिएको छ।
सार्वजनिक जीवनबाट गुमनाम गायिका विष्णु माझीको नयाँ गीत रिलिज भएपछि सामाजिक संजालमा यसले निकै चर्चा बटुलेको थियो।
गीतमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको ध्यान खिचेको छ।