पत्रकार किसोर कुमार शर्मा सेढाईलाई मातृ शोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १५:३७

१० भदौ,काठमाडौं ।पत्रकार किसोर कुमार सेढाई शर्मा लाई मातृ शोक परेको छ ।

पत्रकार सेढाईको ममतामयी आमा जमुनादेवी सेढाईको ७५ बर्षको उमेरमा निधन भएको हो ।दुई हप्ता अगि देखि अस्वस्थ भै त्रिबिबि शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

स्वर्गीय सेढाईको २ भाई छोरा र १ छोरी रहेकी छन्।
पत्रकार किसोर सेढाई लाई परेको मातृशोक प्रति न्युजलाइन्स मिडिया परिवार दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु