श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

अविलम्ब क्रियाशिल सदस्यता नामावली सार्वजनिक गर्न नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १७:४८

काठमाडौं, १० भदौ । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले क्रियाशिल सदस्यता सार्वजनिक गर्नुपर्ने माग गरे । आफूहरु पार्टीको हितमा नै केन्द्रित भएर लागेको पनि उनको स्पष्टोक्ति थियो । उने भने,‘जिल्लाबाट सिफारिश भएअनुसार क्रियाशिल सदस्यता सार्वजनिक गर्नुपर्छ । वैधानिक दृष्टिकोणमा कांग्रेस अप्ठ्यारोमा छ । यो विषय आम कार्यकर्ताको बीचमा उठेको छ । हामी पार्टी जोगाउन चाहन्छौं । यो पार्टी नेतृत्वमा रहनेहरुको मात्रै होईन । यो पार्टीलाई आशाको केन्द्र बनाउनुपर्छ । यो अभियानमा काम गरेका छौं ।’

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीको आन्तरिक लोकतन्त्रको दृष्टिकोणमा पनि कांग्रेस सक्षम, योग्य र जनताले भरोसा गर्न योग्य बनाउन आफूहरु लागिपरेको बताए । उनले भने,‘नेतृत्वले अहिले हाम्रो महाधिवेशनको अधिकार कुण्ठित गर्नुभयो । विधानको व्यवस्था खारेजी गर्नुभयो । बाध्य भएर रिले अनशनमा बसेका छौं । नेताहरुसँग हाम्रो समस्या समाधान गर्ने सामथ्र्य छ । उहाँहरुले छिटोभन्दा छिटो समाधान गर्नुहोला । क्रियाशिल सदस्यता नेतृत्वले टुँगो लगायो भन्ने कुरा पनि आयो, तर नीति, सिद्धान्त र विचारमा सहमति गर्दैमा हुँदैन् । छिाटोभन्दा छिटो क्रियाशिल सार्वजनिक गर्दै निर्वाचनमा जान पाउँ । हामी अधिवेशन चाहने पक्षधर हो । समयभित्रै महाधिवेशन गर्न पनि चाहन्छौं । अविलम्ब मतदाता सार्वजनिक गर्नुपर्छ । छुटेको भए हामी नाम राख्छौं । कतै १८ गते सुरु गर्ने अनि कतै विवाद भयो भने यसले राम्रो सन्देश जाँदैन् । र, यसले पार्टीलाई पनि राम्रो गर्दैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु