१० भदौ, काठमाडौं । नेपालमा आज २४३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी पिसिआर विधिबाट ९,७०२ र ऐन्टिजेन विधिबाट गरिएको ४,६७२ गरी १४ हजार नमुना परीक्षणमा २४३३ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज काठमाडौंमा ५६१, ललितपुरमा १०६, भक्तपुरमा ६६ गरी उपत्यकामा आज ७३३ जना संक्रमित थपिएका छन् ।
आज थपिएका २४३३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ३६ हजार ८८३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १,९२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएमा १,९२९ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ७ लाख ५ हजार ८९३ पुगेको छ ।
त्यस्तै आज देशैभरी २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ६३८ पुगेको छ ।
नेपालमा हाल ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३५ हजार ३५४ जना होम आइसोलेशन र ३,०३० जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ६२० र भेन्टिलेटरमा १६५ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । बुधवारको तुलनामा विहीवार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या बढेको छ ।
नेपालमा हालसम्म ४९ लाख ८६ हजार ८९२ जनाले कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ३९ लाख ४९ हजार ५२१ जनाले दोस्रो मात्राको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । बिहीवार देशैभरी ७० हजार २६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।