• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ०८:२७

    काठमाडौं, भदौ ११। आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन सुरु भएको छ ।१३ गतेसम्म जारी रयो अभियानबाट तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाईने छ ।

    भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् ।

    सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ ।

    काठमाडौंका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमार्डौं महानगरपालिकामा बस्न सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन् । जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु