दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकपा (एकीकृत समाजवादी)पार्टी सरकारमा जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र ११ गते, शुक्रबार ८:३४

काठमाडौं, भदौ ११। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफूहरू हिजो पनि गठबन्धनमा सहभागी रहेका कारण सत्तारूढ गठबन्धनलाई बलियो बनाउन सरकारमा जाने बताएका हुन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्य भएर नयाँ पार्टी बनाएको बताए । उनले भने– ‘पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो, यो सबै अवस्था देखेपछि हामी नयाँ ढंगले जाने संकल्प गरेका हौँ ।’ विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको बताउँदै उनले आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको दाबी गरे । ओलीबाट पीडित भएकाहरु नयाँ पार्टीमा आउने क्रम जारी रहेको पनि उनको भनाई छ।

नेपालले एमाले अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै पार्टीभित्रका क्रान्तिकारी कार्यकर्तालाई जोगाउन र कम्युनिस्ट आन्दोलन जोगाउन, लोकतन्त्र राष्ट्रिय स्वाधीनता र सुशासनको मान्यता लागू गर्न नयाँ पार्टी गठन गरेको बताए।

ओली अग्रगमनका बाधक र प्रतिगमनका बाहक रहेको निष्कर्षपछि आफूले कांग्रेस, माओवादी, जसपासँग छलफल गरेर नयाँ मोर्चा बनाएर ओलीलाई फाल्न सफल भएको पनि नेपालको भनाई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु