के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र ११ गते, शुक्रबार ११:३१

काठमाडौं, ११ भदौ । नेपाली बजारमा आज सुनको मुल्य ५ सयले बढेको छ । बिहीबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भैरहेको छ । हिजो तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो

यसैगरी,आज चाँदीको मुल्य भने आज १० रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु