पछिल्लो २४ घण्टामा देशभर थप २०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १६:३८
११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।