भदौ ११, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी १४ औं महाधिवेशनमा सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । सभापतिमा लड्ने घोषण गरेका उनले शुक्रबार नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियानको शुरुवात गरेका छन् ।
शुक्रबार बिहान हिन्दु परम्पराअनुसार साइत नै निकालेर उनले कार्यालयको शुभारम्भ गरेका थिए । निधिको सचिवालयका अनुसार पशुपतिनाथ, जानकी,दक्षिणकाली,बगलामुखी,डोलेश्वरलगायत विभिन्न मन्दिरका पूजारी तथा पण्डितबाट पुरा गरि कार्यालयको उद्घाटन गरेका थिए ।
उनलाई विभिन्न ज्योतिष, पञ्चाङ्ग निर्णायक समिति, बौद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलनाहरूले पनि विजयको आशिर्वाद दिएका थिए।