श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

आज मुलुकको अधिकांश स्थानमा वर्षाको सम्भावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार ०८:५२

काठमाडौं, भदौं १२ । आज मुलुकको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशको अधिकांश भू-भागमा मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। राति देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीरी वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु