भट्ट समाजद्वारा क्यान्सर रोग उपचारका लागि सोमप्रसाद भट्टलाई आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार २०:०९

रत्ननगर/भट्ट कौशिक(अलिना)गोत्रिय सेवा समाज चितवनले आफ्नो सदस्यका परिवारहरु मध्ये कोही कसैलाई पर्न सक्ने स्वास्थ्य सँगै विभिन्न समस्याहरुको समाधान गर्दै आईरहको छ । यसै सन्दर्भमा समाजले आज भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनका अध्यक्ष टंकप्रसाद भट्टको अध्यक्षमा समाजका साधारण सदस्य गोरखा नगरपालिका वार्ड नं १ बाह्रबिसे स्थायी घर भई हाल रत्ननगर नगरपालिका–१३ चितवन बस्नुहुने हरिनन्द भट्टका नाति मुक्तिनाथ भट्टका छोरा लामो समयदेखि घाँटीको क्यान्सर भई हाल जटिल अवस्थामा क्यान्सर रोगसँग लड्दै आउनु भएका सोमप्रसाद भट्टलाई रु १० हजार आर्थिक सहयोग गरिएको थियो ।

समाजको आफ्नै फेसबुक ग्रुपमा राखिएको सूचनाका आधारमा भरतपुर–२ आँपटारी घर भई हाल अष्टे«लिया बस्दै आउनु भएका सरोज भट्टको तर्फबाट पठाइएको सहयोग रकम समाजका अध्यक्ष टंकप्रसाद भट्ट, समाजका बरिष्ठ उपाध्यक्ष, पत्रकार एवं सरोज भट्टका दाजु राजु भट्ट र समाजका अन्य पदाधिकारी एवं सदस्यहरुको रोहबरमा सोमप्रसाद भट्टलाई रकम हस्तान्तरण गरिएको थियो ।

रकम हस्तान्तरण क्रममा समाजका अध्यक्ष भट्टले रकम सानो भएता पनि यसले सोमप्रसाद भट्टको उपचारमा केही भएपनि राहत मिल्ने र अन्य महानुभावहरुले समेत उहाँको उपचारका लागि सहयोग गर्ने वचन दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो अन्य ठाउँहरुबाट समेत सहयोग आउने क्रम रहेकोले अहिले सहयोग गर्ने सरोज भट्ट र उहाँको परिवारलाई धन्यवाद समेत दिनुभयो ।

त्यस्तै क्यान्सर लागि उपचाररत हुनुभएका सोमप्रसाद भट्टकी श्रीमती सिता भट्टले आफ्नो परिवारलाई गरेको सहयोगलाई आफूहरुले कहिल्यै बिर्सन नसक्ने अझै आर्थिक सहयोग आवश्यक भएकोले सहयोगी मनलाईलाई सहयोगको लागि अपिल समेत गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा भट्ट कौशिक (अलिना) गोत्रिय सेवा समाज चितवनका सचिव सिताराम भट्ट, सल्लाहकार सदस्य राजेन्द्र भट्ट (राजु), आर्थिक संकलन समितिका सदस्य गोकुल प्रसाद भट्ट, कृष्ण प्रसाद भट्ट, गोमा भट्ट, बिष्णु प्रसाद भट्ट लगायत अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु