बलिउड अभिनेत्री प्रियंका चोपडा शुटिङका क्रममा घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र १३ गते, आईतवार ०९:१५

काठमाडौं, १२ भदौ । बलिउड अभिनेत्री प्रियंका चोपडा शुटिङका क्रममा घाइते भएकी छिन् । हलिउड सीरीज सिटाडेलको शुटिङका क्रममा आफु घाइते भएको सामाजिक सञ्जालमार्फत आफैले जानकारी दिएकी हुन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राममा एक तस्बिर अपलोड गर्दै आफू घाइते भएको जानकारी दिएकी हुन् । उनको टाउकोमा चोट लागेको छ । उनले टाउकोमा रगत आएको तस्बिर इन्स्टाग्राममा अपलोड गरेकी छिन् ।

हाल उनी रेस्टमा रहेकी छिन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । सीरीजमा द्वन्द्वको दृश्य शुटिङ गर्ने क्रममा चोट लागेको हो । प्रियंका केही समयदेखि लण्डनमा शुटिङ गरिरहेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु