• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    धुर्मुस सुन्तलीको कमेडी चलचित्र ‘म त मर्छु कि क्या हो’ ओहो मुभिज एपबाट सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार ०९:२१

    काठमाडौं । हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले (सुन्तली) निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ आज सार्वजनिक गरिएको छ ।
    धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो ।

    चलचित्रमा सिताराम, कुञ्जनाको साथमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बादलिप राई, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको छ । चलचित्रको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

    कोरोना महामारीका कारण हलहरुमा चलचित्र प्रदर्शन गर्न नसकिरहेको अवस्थामा यस चलचित्रलाई ओटीटी प्लेटफर्म मार्फत सार्वजनिक गरिएको हो । चलचित्रलाई ओहो मुभिज एप डाउनलोड गरेर केही रकम तिरेर हेर्न सकिने छ । चलचित्र २ घण्टाको रहेको साथै चलचित्रमा पूर्णरुपमा हाँस्यरस रहेको जानकारी निर्माण पक्षले दिइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु