हाँस्य कलाकार हरिवंश आचार्यको ‘ए कालु भेना’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र १३ गते, आईतवार ०९:२७

काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यको ‘ए कालु भेना’ सार्वजनिक भएको छ । हाँस्य कलाकार आचार्यको शब्द, संगित र स्वरमा रहेको यस गितमा मिलन नेवारले समेत स्वर दिएकी छिन् ।

गितमा हरिवंश आचार्य, नायिका आंचल शर्मा, नायक नाजिर हुसेन, आर्यन खरेल लगायतको अभिनय रहेको छ । म्यूजिक भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका हुन् । भिडियोमा नेपाली युवाहरुलाई देशमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ । भिडियोलाई गज्जबको टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु