पहिरोले अरनिको राजमार्ग ठप्प

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार ११:५५

काठमाडाैँ । लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग ठप्प भएको छ ।

बिहान धुलिखेल–पाँचखाल सडक अन्तर्गतको खावा नजिक पहिरो जाँदा राजमार्ग ठप्प भएको हो । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द हुँदा सयौँ गाडी र यात्रु अलपत्र परेका छन् ।

यो राजमार्गले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र तातोपानी नाकालाई काठमाण्डौसँग जोडेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु