भदौ १३, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले नेता नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।
यस्तै एकीकृत समाजवादीले राष्ट्रियसभा संसदीय दलको नेतामा पार्टीका स्थायी समिति सदस्य बेदुराम भुसाललाई चयन गरेको छ ।
निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएसँगै पहिलो पटक एकीकृत समाजवादीको संसदीय दलको बैठक बसेको हो । पहिलो पटक बसेको बैठकले विधान मस्यौता समिति पनि बनाएको छ ।
एकीकृत समाजवादीको विधान मस्यौता समितिमाा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका छन् ।