• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    विप्लव निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १६:३३

    काठमाडौं, १३ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले यही असोज महिनामा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११ गते बसको पुर्ण बैठकले असोज ६, ७ र ८ गते राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको हो ।

    आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आयोजक समितिले चिरन्जीबी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको जानकारी दिइएको हो ।

    समितिका संयोजक ढकालले असोज ६, ७ र ८ गते पोखरामा राष्ट्रिय सम्मेलन गर्ने बैठकले निर्णय गरेको जानकारी दिएका हुन् । ढकालले बैठकले ४ वटा महत्वपुर्ण निर्णय गरेको भन्दै २२ औं राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरु गठन गरेको बताए ।

    ढकालले सम्मेलनमा शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजिवीकासँग सम्बधित विषयहरुमा संघर्ष केन्द्रित गर्ने निर्णय गरेको सुनाए । संयोजक ढकालले नेपालका लाखौ विद्यार्थीहरुले उत्सवको रुप मनाउन राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जिकिर गरे । सम्मेलनले नेपालको शिक्षा र शिक्षा प्रणालीको बारेमा बहस छेड्ने उनको भनाई थियो । अहिलेको बेरोजगार शिक्षा प्रणालीको अन्त्य हु्नुपर्नेमा जोड दिए ।

    ‘अबको शिक्षा वैज्ञानिक समाजवादी शिक्षाको अपरिहार्य आवश्यकताको बारेमा सम्मलेनमा बहस हुनेछ,’ संयोजक ढकालले भने, ‘अहिलेको शिक्षाको कुनै अर्थ छैन् । यो शिक्षाले नेपालका प्राकृतिक श्रोत र मानविय आकांक्षालाई पूर्ति गर्न सकेको छैन ।’

    कक्षा ११ र १२ कक्षाका परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तत्काल संचालन गर्नुपर्ने माग गरे । शैक्षिक संस्थाहरुले कोभिड अवधिको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न समेत माग गरे । सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था कडाईको साथ कार्यान्यवन गर्न गर्न ढकालले माग गरे । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि खारेज गर्नुपर्ने उनको माग थियो । २०७७ साल फागुन २२ गते नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच भएको ३ बुंदे सहमती तत्काल कार्यन्यन गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विधान तथा प्रतिवेदन लेखन उपसमितिको सयोजकमा चिरन्जीबी ढकाललाई तोकेको छ । त्यस्तै सदस्यहरुमा प्रकाश शाही, विरेन्द्र बिक, मिलन राई, बिरेन्द्र शाख र शारदा भण्डारी रहेका छन् । यसैगरी, आर्थिक उपसमितिमा संयोजक प्रकाश शाहीलाई तोकिएको छ भने मिलन राई, नवराज भट्ट, अटल पाण्डे लगायत सदस्यहरु रहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु