• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    भीम रावलहरुलाई पाण्डेको प्रश्न : माधव नेपाललाई अगाडि लगाएर चुलीमा पुर्याउनुभयो, अनि तपाईँहरु किन फिर्ता हुनुभयो ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १७:४७

    काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले एमालेका मध्यमार्गी तथा दोस्रो तहका नेताहरुकै कारण माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘माधव नेपालको एक्लो प्रयत्नले उहाँ पार्टी विभाजनमा अघि बढ्नुभएको थिएन । स्थायी कमिटीका सबै जनाले धकेल्दै धकेल्दै विभाजनमा पुर्याएका हुन् । १५ जना स्थायी कमिटी सदस्यहरुले विभाजनको लागि दबाब दिएको केपी ओलीलाई बहिर्गमन गर्नुपर्छ भनेर सर्वसम्मत् निर्णय हुन्थ्यो । अगुवाई माधव नेपालले गर्नुहुन्थ्यो । हिजो माधव नेपाललाई त्यसरी अघि बढ् भन्नुभयो, उहाँहरुले अनि आज अन्तिममा आएपछि उहाँहरुले पार्टी विभाजन रोक्न सक्नुभएन ।’

    माधव नेपाललाई पार्टी विभाजनको अवस्थामा पुरयाउने काम नै भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईहरुले गरेको उनको आरोप थियो । उनले भने,‘अहिले पनि मेरो मध्यमार्गी नेताहरुसँग फोनमा कुरा भैरहेको छ, मैले उहाँहरुलाई माधव नेपाललाई किन फर्काउन सक्नुभएन भनेर सोधेको छु ? सम्भवतः माधव नेपालको पार्टीको आज लेखिएको विधान हिजो माधव नेपालसँग रहेका स्थायी कमिटीकै सदस्यहरुको संलग्नतामा लेखिएको हो ।’

    आफू पार्टी एकताको क्रममा सबै विषयमा चासो राख्ने नेता भएको उल्लेख गर्दै माधव नेपाल विभाजनमा जाँदा दुःख लागेको पनि उनले सुनाए । उनले भने,‘स्थायी कमिटीका सदस्यहरु ओलीसँग हुनुहुन्छ । माधव नेपाल आफ्नो मात्रै ईच्छा र चाहनाले यो अवस्थामा पुग्नुभएको हुँदैहोईन । हिजो हामी संगै हुँदा केपी ओलीलाई प्रधानमन्त्रीबाट फ्याँक्ने कुरामा स्थायी कमिटी सदस्यहरुले हामी सबैलाई लतारे । माधव नेपाललाई अगाडि लगाएर चुलीमा पुर्याउने, तर उहाँहरु फिर्ता हुनुभयो । मलाई त चिन्ता लागेको छ । अहिलेपनि मैले एकताको लागि पहल गरेको छु । म त यो कुरामा दृढ छु । मेरो आफ्नो व्यक्तिगत भावना भनेको पार्टी एकता हो । उनले पार्टी विभाजनले ठिक नगरेको पनि सुनाए । आफूले पनि निर्वाचन आयोगमा एकीकृत समाजवादीमा रहनेगरि सनाखत गर्न गएको र अहिलेसम्म आयोगले निर्णय नदिएको पनि उनले सुनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु