केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

प्रेमगन्जको एउटै गितमा ३० लाख खर्च

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १९:०२

२५ बर्ष देखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयालको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र “प्रेमगन्ज“ को एउटै गितमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गितमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो । फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गितमा नायिका बेनिसा हमाल, सन्जोग रसाइली संगै अन्य एकहजार जना झुमेका थिए । गितको कोरियोग्राफी वाईल्डरिपर्ज ले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो क्लब गितलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरुस्वत्तम ढुङ्गेलले लेखेका हुन भने किरण भुसालले संगीत भरेका छन ।

पहिलो लकडाउन पछि सुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउन सङै रोकिएको थियो । अहिले कडाउन केही लुज भए संगै चलचित्रको छायांकन धमाधम भइरहेको छ । चलचित्रको सम्पुर्ण टिमलाई कोरोना खोपको सुबिधा सहित होटेलमा राखिएको छ । चलचित्र युणिट सुरक्षित होस भनेरै सम्पुर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु