बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बिश्व क्रिर्तिमानी राजन खरेललाई गरे सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र १४ गते, सोमबार ०९:४८

काठमाडौँ । संसारको अग्लो स्थानमा ‘गोक्यो रि’ नामक मिउजिक भिडियोको अडियो रेकर्ड तथा भिडियो छायांकन गरि ‶ज्ष्नजभकत बतिष्तगमभ mगकष्अ खष्मभय यल बिलम″ बिधामा गिनिज बुकमा आफ्नो नाम लेखी नेपालालाईनै बिश्वसामु चिनाउन सफल हुनुभएको मिडिया ब्याबसायी तथा कलाकर्मी राजन खरेललाई गौरीशंकर च्छोरोल्पा मिडियाले आफ्नो बार्षिक उत्सवको अवसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठको हातबाट खरेललाई बिश्व क्रिर्तिमानी सम्मान–२०७८ द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गौरीशंकर छोरोल्पा मिडिया प्रा.लि.को संचालक समितिका अध्यक्ष तथा नेपाल आर्मीका अवकास प्राप्त माहासेनानी माधब सुन्दर खड्का, बरिस्ठ समाजसेवी तथा गौरीशंकर च्छोरोल्पा मिडियाकि प्रवन्ध निर्देशक जानकी बज्राचार्य र गौरीशंकर छोरोल्पा मिडिया प्रमुख प्रविन थपलियाले संयुक्त्त रुपमा बधाई तथा अभिनन्दन गरका थिए ।

तेस्तै बरिष्ठ कलाकार मदनदास श्रेष्ठले खरेलले गरेको कामको प्रसंसा गर्दै एस्तो बिश्वो विख्यात गिनिज बुक बुक जस्तो कुरामा रेकर्ड राख्न्नु चानचुने कुरा नभएको बताउदै नेपाली गीत संगीतलाई बिश्व सामु चिनाउने काम गर्नुका साथै नेपालकै शिर उच्च राख्ने काम गरेको र एस्तो काम गर्ने लाई राज्यले समेत हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु