भदौ ,१४ काठमाडौं । कृत्रिम अंग तथा सहायक उपकरण सेवा समाज नेपालको निर्वाचन सहितको विशेष साधारण सभा सम्पन्न भएको छ।
कोभिड १९ का कारण भर्चुअलरुपमा भएको कार्यक्रममा अमित रत्न बज्राचार्य अध्यक्षतामा सचिव यति राज निराैलाले बार्षिक प्रगति प्रतिवेदन,रमिला गोलेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
निर्वाचन अधिकृत गणेश केसीको संयोजकत्वमा नयाँ कार्य समिति पनि चयन गरेको छ । नयाँ निर्वाचीत समितिमा शुकदेव पौडेल अध्यक्ष यति राज निरौला,उपाध्यक्ष राम बहादुर थापा, सचिव अमृता थेंग,कोषाध्यक्ष कार्यकारी सदस्यहरूमा- शोभकान्त शर्मा, सविता सिजापति थापा श्रेष्ठ,अम्बिका शर्मा, कृष्णराज भट्ट,हरिराम बोगटी,रहेका छन।