साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

खोपले काम गरेको छ वा छैन भन्ने थाहा पाउन एन्टिबडी परीक्षण गर्नुपर्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार ०७:०२

काठमाडौं, भदौ १५ । कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित भए लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।

डङ्गोलले भने, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एकान्तबास बस्दाको अवस्थामा उनलाई त्यति कठिन भएन तर सङ्क्रमित उनकी दिदीलाई भने सघन कक्षमा राखेर उपचार गर्नु प¥यो । चिकित्सकहरूले कोरोनाविरुद्धको खोप नलगाएका कारण गाह्रो भएको अनुमान गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार खोप लगाएपछि आफूमा केही लक्षण वा साइड इफेक्ट नदेखिएमा खोपले काम नै गर्दैन होला भनेर भ्रम पाल्नु हुँदैन । उनले भने, “कसैमा लक्षण देखिने, नदेखिने हुन्छ तर खोपले काम गर्छ ।

औषधिले काम गर्छ वा गर्दैन भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ ।” कोभिडको खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो हुने डा पुनको सुझाव छ । उनल भने, “अहिले देखिएको कोरोना सङ्क्रमण धेरैजसो खोप नलगाएका व्यक्तिमा नै देखिइरहेको छ । खोप दिएमा त्यो अवस्थाबाट बचाउन सकिने डा पुनको तर्क छ ।”

“खोपले काम गरेको छ वा छैन भन्ने थाहा पाउन एन्टिबडी परीक्षण गर्नुपर्छ”, उनले भने “कोभिडविरुद्धको खोप पाएपछि आफूमा रोग प्रतिरोधात्मक क्षमता विकसित भयो कि भएन भनेर एन्टिबडी परीक्षणले देखाउन सक्ने वैज्ञानिकले जनाएका छन् ।” गोरखापत्र दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु