साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

बक्सिङ टोली फर्कियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १५:३१

काठमाडौं, भदौ १५ गते ।
एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
छ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन् । अगष्ट २० देखि ३१ तारिखसम्म दुबइमा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएका थिए । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ ।
पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कांस्य जिते । क्वाटरफाइनलमा कुवेतका खेलाडीलाई ५–० ले पराजित गर्दै छिरिङले सेििमफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा छिरिङ ताजकिस्तानका खेलाडीसंग चुके । पछि यो स्पर्धामा ताजकिस्तानका खेलाडीले स्वर्ण नै जिते ।
घरेलु प्रतियोगितामा चावहिलको बक्समान्डुबाट खेल्ने छिरिङको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । विमानस्थलमा भएको स्वागत कार्यक्रममा छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ संघ र गुरुहरुले पनि धेरै सहयोग गरेका कारण सफलता प्राप्त भएको बताए । छिरिङले सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको बताउदै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताए ।
महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कांस्य हात पारे । पहिलो चरणमा वाइ पाउदै सेमिफाइनलमा पुगेपछि दुवैको कम्तीमा कांस्य पदक सुनिश्चित भएको थियो । सेमिफाइनलमा दुवै भारतीय खेलाडीले पराजित भए । कांस्य विजेता खेलाडीत्रयले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएको पदक विजेता खेलाडीसंगै स्वदेश फर्किएका प्रशिक्षक दीपक महर्जनले जानकारी गराए ।
अध्यक्ष अवालेले खेलाडीको सफलताले बक्सिङ परिवार मात्र नभइ सिंगो मुलुकलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्दै नेपाली खेलाडी पनि कोहि भन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु