• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    हेर्नुस् के छ आज देशभरिका मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ०७:२९

    काठमाडौं, भदौ १६ । मनसुनको भदौरे झरी एक–दुई दिनका लागि सामान्यतर्फ उन्मुुख भएको छ । गत हप्ता निकै सक्रिय बनेको न्यून चापीय रेखाको प्रभाव कमजोर बनेपछि एक–दुई दिनका लागि देशका अधिकांश भू-भागमा भारी वर्षा हुने छैन ।

    बागमती प्रदेशमा अबको एक दिन अझै भारी वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि कमजोर भएको प्रणालीले एकाध दिन विश्राम लिनेछ । यसका कारण अबको केही दिन आकाशमा घाम अलिक बढी देखिन पाइने छ ।

    अर्को न्यून चापीय रेखामाथि सर्दै आउने क्रम जारी रहेकाले केही दिनपश्चात् फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको जनाइएको छ । अझै एक महिना पूरै मनसुनकै महिना भएकाले अबको १५ दिन थप सक्रिय हुने सम्भावना बलियो रहेको छ । त्यसपछि बिस्तारै मनसुन कम हुनेछ ।

    विगत २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भए पनि त्यसले मानवीय क्षति पु(याएको छैन । दार्चुलामा पहिरोमा परी एक जना घाइते भएबाहेक अन्य क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु