नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपानेले पुनः उम्मेद्वारी दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ०८:५२

भदौ १६,काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि उम्मेदवारी घोषणाको लहर नै चलेको छ । लामो समयदेखि पार्टीमा रहेर सक्रियता देखाएका नेताले नेतृत्व लिन पाए हुन्थ्यो भन्ने चाहना गर्दै आएका छन् ।

नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपानेले पुनः उम्मेद्वारी दिने हुनुभएको छ ।
२०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशका क्रममा वडा सभापति विजयी हुनुभएका न्यौपानेले १४ औँ महाधिवेशनमा पनि पुनः सभापति पदका लागि उम्मेद्वार दिन लाग्नुभएको हो ।

काठमाडौँ महानगरपालिका–४ बालुवाटारमा निवासी उनि निरन्तर २० वर्षदेखि काँग्रेसबाट वडाको विभिन्न पदमा रहेर काम गर्नुभएका न्यौपाने कामपा वडा नं ४ को सचिव बन्नुभएको थियो ।

अघिल्लो कार्यकालमा वडा इकाई तहमा कोभिड १९ का कारण पनि रहेका अधुरा कामलाई पुरा गर्नका लागि आफूले पुनः वडा सभापतिमा उम्मेद्वारी दिन लाग्नुभएको न्यौपानेले जानकारी दिनुभयो । “एक कार्यकाल सिक्ने अवसर पाए, अर्को कार्यकाल काम गरेर देखाउने इच्छा छ, त्यसैले उम्मेद्वारी दिन लागेको हुँ,”– न्यौपानेले भन्नुभयो ।नेपाली काङ्ग्रेसलाई म र मेरो भन्दा पनि हामी र हाम्रो नेपाली काङ्ग्रेस बनाउन आफ्नो तर्फ बाट महत्वपूर्ण भूमिका खेल्ने समेत उनले बताएका छन् ।

२०४७ सालमा शङ्करदेव क्याम्पसमा नेविसङ्घको सदस्य भएर काम गर्नुभएका न्यौपाने काँग्रेसको १५ महाधिवेशनमा क्षेत्रीय सचिव उठ्ने सोच राख्नुभएको छ । पार्टीको काममा सधै सक्रिय तरिकाले खट्ने उनी सामाजिक क्षेत्रमा समेत सधै अग्रसर रहेका छन् ।
न्यौपाने विभिन्न दुख सुखमा राहत बितरण शिक्षा स्वास्थ्य रोजगारी लगाएतको सुनिस्चितका लागि निरन्तर रुपमा लागिपरेका ब्यक्ती हुन। स्थानीयलाई समस्या पर्दा तत्काल सहयोग गर्न पुगिहाल्ने न्यौपानेलाई स्थानीयहरुले समेत भाबी सभापतिको रुपमा हेर्न चाहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु