• टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारीटान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारीपछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिबृहत् स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो–‘मंसिर ४ गतेको निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौं’यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण; राहत,पुन:स्थापना,क्षतिपूर्ति र पुन:निर्माणको लागि प्रभावित क्षेत्रमा छलफल सम्पन्ननिर्वाचन आयोग नेपालका आयुक्तलाई बुझाइयो ध्यानाकर्षण पत्रयस्तो छ गाई जात्राको महत्व- पं-बालमुकुन्द देबकोटाInternational youth dayगाईजात्रा सांस्कृतिक पर्व आजबाट देशभर आरम्भ हुदै

    नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सभापतिका उम्मेद्वार पौडेल को हुुन् ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ०९:३०

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सभापतिका उम्मेद्वार इन्द्रमणि पौडेल अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका ६ नं. वडामा स्थायी रुपमा बसोवास गर्दै आइरहेको छन् । पिता यमलाल पौडेल र माता मनकला पौडेलका छोरा इन्द्रमणि पौडेल वर्तमानमा विगत २० वर्ष देखि सन्धिखर्क सदरमुकाममा वसी जिल्ला वासीहरुको सेवा गर्दे केन्द्र सम्म कांग्रेसका सदस्यहरुको कार्यमा चौविसै घन्टा खटिरहेका छन् । विगत दुई दशकदेखी नेपाली कांग्रेस र आम जिल्लावासीको समृद्धिको लागि पहरेदार सीपाईको रुपमा अनवरत लागिरहेका पौडेल अर्घाखाँची जिल्लाको १३ औं महाधिवेशन प्रतिनिधि भइरहदा विगत र वर्तमान सम्म कांग्रेसका हजारौं सदस्यहरुलाई रोजगारी र उद्यमशीलता सृजना गरेको भूमिका सबैमा स्मरण नै छ ।

    कांग्रेसको नेतृत्वमा भएका सबै आन्दोलनमा पार्टीेको निर्देशनलाई अक्षरस पालना गर्दै आएका पौडेल १५ वर्षको कलिलो उमेर देखि नै नेपाली कांग्रेसको सक्रिय राजनीति र सामाजिक कार्यमा होमिएको थिए । जननायक वी.पी. कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्राई र गिरिजा प्रसाद कोइराला लगायतका अग्रजहरुको मार्गदर्शनबाट अगाडी बढ्दै आजको अवस्थासम्म आइपुगेको पौडेलले बताए ।

    सामाजिक क्षेत्रमा विगत २० वर्ष देखि एनजीओ÷आइएनजीओमा कार्य गर्दै आएको उनी अर्घाखाँची जिल्लामा पोषण परियोजना अन्तर्गतः सुआहारा कार्यक्रम, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपक्षीं, सुशासन तथा पारदर्शिता जस्ता परियोजना सञ्चालनमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संग्लग्न हुँदै आएका छन् । यी बाहेक अध्ययन– अनुशन्धान तथा परामर्श सेवामा कार्य गर्दै आइरहेको उनी दर्जन भन्दा बढी संघ–संस्थामा सल्लाहकार रहदै आएको छन् । विभिन्न देश लगायत नेपालका ६५ वटा भन्दा बढी जिल्लाको अनुभव सँगालेका पौडेल कुनै पनि नेपाली कांग्रेसको कार्यकर्तालाई कांग्रेस भएकोमा हिनता होइन गौरवको अनुभूति गराउनका लागि मेरो सधै क्रियाशीलता रहने प्रतिवद्धता व्यक्त गर्दै आसन्न १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेद्वार दिन लागेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु