केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मिन विश्वकर्माले दुवै पदबाट राजीनाम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १९:२७

१६ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले दुवै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले महाधिवेशन प्रतिनिधि चयनमा विधान बमोजिम दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरेका हुन् ।

वर्तमान विधमानको गलत व्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिका अतिरिक्त जालझेलपूर्ण तरिकाबाट बिना छलफल लागू गरिएको भन्दै उनले निर्वाचन निर्देशिकाले उपत्यकालगायत देशभरका दलित समूदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनको राजीनामा पत्रमा भनिएको छ, ‘यो प्रवृत्तिले नेपाली काँग्रेस पार्टीमा दलित समूदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र पार्टीको भ्रातृ संस्था दलित संघको अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवम् अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकाले दुबै पदबाट आजैदेखि लागू हुनेगरी राजीनामा गरेको छु ।’

विधानमा प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि हुने सुनिश्चित प्रावधान गरेकोबाट जनसंख्याको ८.५ प्रतिशत दलित प्रतिनिधित्व हुँदै आएकोमा अहिले विधानको गलत व्याख्या गरी निर्वाचन निर्देशिका बनाइएको भन्ने उनको असन्तुष्टि रहेको छ ।

यसले एघारौं महाधिवेशनमा सभापति आफैले प्रारम्भ गरेको ‘कदमजम’ सिद्धान्तको खिल्ली उडाएको समेत बताएका छन् ।

यस्तो छ राजीनामा पत्र:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु