क्याप्सुल फार्मेसीद्वारा यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १३:३१

चितवन । भरतपुर १०, चौबिसकोठीमा रहेको क्याप्सुल फार्मेसीले यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि क्याप्सुल फार्मेसीका सञ्चालक ईश्वर रिमाल र शुसिल भटराईले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई खेलकुद सामाग्री सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै क्याप्सुल फार्मेसीका सञ्चालक रिमालले खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि खेल सामाग्री सहयोग गरिएको बताए । खेलाडी देशको पहिचान भएको भन्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यात्रा ग्रुपका अध्यक्ष कार्कीले यस्ता सहयोगले खेलाडीको मनोवल बढ्ने बताए । यसरी नै आवश्यक खेल सामाग्री सहयोग गरेर सबैले खेलाडीलाई खेल्ने अनुकुल वातारण सृजना गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा यात्रा ग्रुपका उपाध्यक्ष सन्तोष कुमाल, कोषाध्यक्ष संजोग गुरुङ, खेलाडीहरु लगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु