• टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारीटान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारीपछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिबृहत् स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो–‘मंसिर ४ गतेको निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौं’यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण; राहत,पुन:स्थापना,क्षतिपूर्ति र पुन:निर्माणको लागि प्रभावित क्षेत्रमा छलफल सम्पन्ननिर्वाचन आयोग नेपालका आयुक्तलाई बुझाइयो ध्यानाकर्षण पत्रयस्तो छ गाई जात्राको महत्व- पं-बालमुकुन्द देबकोटाInternational youth dayगाईजात्रा सांस्कृतिक पर्व आजबाट देशभर आरम्भ हुदै

    कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १५:५०

    काठमाडौं, भदौ १७ गते ।नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
    नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मुल आयोजक समितिका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जनाएका छन् । ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउने छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेमा पदक जितेका प्राय सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
    तीनदिने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । व्यक्तिगत स्पर्धाको पुरुष÷महिलामा ६–६ गरी १२, पेयर र टिममा समान ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।
    विगतमा भौतिक रुपमा प्रतियोगिता आयोजना हुँदै आएकोमा कोरोनो भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनगर गरी भर्चुअल रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु