१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २ हजार ४ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४,६५० वटा नमुना परीक्षणमा देशैभरी २,००४ जनामा संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौं ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना गरी उपत्यकामा आज ७९३ जना संक्रमित थपिएका छन् ।
आज थपिएका २,००४ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५० हजार २०८ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका १८४६ जना निको भएका छन् । आज निको भएका १८४६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।
त्यस्तै आज देशैभरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७८६ पुगेको छ ।
नेपालमा हाल ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३१ हजार ६१९ जना होम आइसोलेशन र २,३२७ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५४४ र भेन्टिलेटरमा १६६ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ ।
नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४४ लाख १३ हजार ६७६ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५४ लाख २५ हजार ८८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ९७६ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् ।