बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेले कला क्षेत्रमा प्रवेश गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र १८ गते, शुक्रबार १८:२७

काठमाडौँ – नेपाली चलचित्र तथा संगीत क्षेत्रमा दोश्रो पुस्ताको राम्रै उपस्थिति देखिइ रहेको समयमा निर्माता दिनेश दर्शनधारी र निर्माता यशोदा राईका छोराहरु देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेले कला क्षेत्रमा प्रवेश गर्दै छन् । घर परिवारबाट नै कला क्षेत्रमा लाग्ने र अघि बढ्ने प्रेरणाका साथ यी दुई ह्यान्डसम युवाहरु यस क्षेत्रमा प्रवेश गर्दैछन् ।

यी दुइ छिट्टै एउटा म्युजिक भिडियो मार्फत कला क्षेत्रमा प्रवेश गर्दै छन् । नियमित रुपमा चलचित्र निर्माणमा लागी रहेका निर्माता द्वय दर्शनधारी र राईको निर्माणमा चलचित्र बागमती र एउटा यस्तो प्रेम कहानी प्रदर्शन भई सकेको छ भने नयाँ चलचित्रको निर्माण कार्य पनि प्रारम्भ भई सकेको छ। यी दुईलाई छिट्टै ठुलो पर्दाको चलचित्रमा पनि डेब्यु गराउने ट्री मिडियाका प्रबक्ताले बताए । नृत्य र अभिनयको पनि यी दुबैले निरन्तर प्रशिक्षण लिई रहेका छन्। मह जोडी (मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य) ले जस्तै दुबैको टिम अपमा निरन्तर अघि बढ्ने यी दुइको योजना रहेको छ।

सफल चलचित्रकर्मीका छोरा छोरीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रै स्थान बनाई रहेका छन्। घर परिवार बाट नै चलचित्र क्षेत्रमा लाग्न प्रेरित गर्नु भनेको अझै सुखद कुरा हो। चलचित्रकर्मीको छोरा छोरी भएर मात्र होइन आफुमा क्षमता पनि भएकोले यो क्षेत्रमा अघि बढ्न लागेको देल्बिस र राज रोहनले बताए। अन्य पेशामा जस्तै कला क्षेत्रमा लागेर पनि आफ्नो करियर अघि बढाउन सकिने उनिहरुले बताए। यी दुई मोभिल्याण्ड ग्रुप अफ कम्पनिको बोर्ड अफ डाइरेक्टर समेत हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु