आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका ३ नम्बर इकाई सभापतिमा राजु फुयाँलले उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १६:३९

काठमाडौ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा काठमाडौ तारकेश्वर नगरपालिका ३ नम्बर इकाई सभापतिमा राजु फुयाँलले उम्मेदवारी घोषणा गरेका छन् ।

सभापतिका उम्मेदवार युवा नेता फुयाँल इकाईका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर पार्टीको नीतिनियम अनुसार चल्ने बताएका छन ।पार्टीको काममा सधै सक्रिय तरिकाले खट्ने उनी सामाजिक क्षेत्रमा समेत सधै अग्रसर रहेका छन् ।

नेपाली काङ्ग्रेसलाई म र मेरो भन्दा पनि हामी र हाम्रो नेपाली काङ्ग्रेस बनाउन आफ्नो तर्फ बाट महत्वपूर्ण भूमिका खेल्ने समेत उनले बताएका छन् ।

आफू वडा सभापति भएपछि सबैलाई बराबरी दृष्टिकोणले जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता सहित यसपटकको महाधिवेशनबाट वडा सभापतिको जिम्मेवारी दिनका लागि कांग्रेसका क्रियाशील सदस्यहरू आग्रह गरेका छन् ।

स्थानीयलाई समस्या पर्दा तत्काल सहयोग गर्न पुगिहाल्ने उनलाई स्थानीयहरुले समेत भाबी सभापतिको रुपमा हेर्न चाहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु