श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

नेपालले एउटा देशसँग एउटा मापदण्ड, अर्को देशसँग अर्को मापदण्ड राख्नुहुँदैन, सबैसँग एउटै मापदण्ड राख्नुपर्छ’ : डा. महत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १७:०१

काठमाडौं, १९ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका छन् । उनले भने,‘एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड राख्नुहुँदैन् । त्यसो गरियो धेरै अप्ठ्यारो पर्छ । हामीले विदेश नीति अवलम्बन गर्दा फरक–फरक मापदण्ड अपनाउनुहुँदैन् । यदि अपनाईयो भने अविश्वास बढ्छ । चियोचर्चा बढ्छ । हामीले आफ्नो आवश्यकत्ता र स्वार्थलाई केन्द्रमा राख्नुपर्छ । आफ्नो कुरा भन्दापनि उनीहरुको कुरा बmुभेर परराष्ट्र नीति सञ्चालन गर्नुहुँदैन् । यो सरकारले विश्वासको आधारमा दुई देशबीच सम्बन्ध अघि बढाएको छ ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले आफूहरु कसैको लहैलहैमा नलाग्ने पनि बताए । उनले भने,‘हिजोको सरकार कसैको लहैलहैमा लागे होलान्, तर हामी लाग्दैनोैं । हामी नेपालको चाहे सीमाको कुरा आउँछ, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वार्थ र आवश्यकत्ताको कुरा आउँछ, चाहे चीन होस वा भारत होस, लिम्पियाधुराको सवालमा पनि हामीले एक स्वरमा भन्यौं । हुम्लाको विषयमा प्रश्न उठेको छ । तुईन प्रकरणमा छानबिन गर्दा समस्या नहुने, अनि हुम्लामा के छ भनेर हेर्दा, के को आपत्ति ? समस्या रहेनछ भने ठिकै हो नि । अतिक्रमण देखियो भने संयुक्त रुपमा हल गर्नुपर्छ । अध्ययन गर्दैमा र छानबिन गर्दैमा सम्बन्ध बिग्रिँदैन् । छानबिन पनि हुन्छ । आफ्नो पक्षबाट कमजोरी देखियो भने त्यो कुरा पनि उठाउनुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालले छिमेकी र अन्य मित्रराष्ट्रसँग एउटै मापदण्ड अपनाउनुपर्नेमा पूनः जोड दिए । उनले नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको सुनाए । उनले भने,‘भारत होस वा चीन होस, हाम्रो परराष्ट्र नीतिको मूल मन्त्र भनेको नेपालको स्वार्थ र हितको संरक्षण गर्ने हो, हाम्रो स्वार्थ र आवश्यकत्तालाई केन्द्रविन्दुमा राखेर विदेश नीति हुन्छ ।’

उनले देशको सुरक्षा र राष्ट्रिय अखण्डताप्रति कांग्रेस सधैं सजग रहेको सुनाए । ‘हामी जनताको बीचमा गएर उत्ताउलो नारा लगाउँदैनौं’,उनले भने–‘हामी आफ्नो कुरा निर्धक्कसँग राख्छौं । दार्चुलाको तुईन घट्नाको बारेमा छानबिन समिति बनायौं । समितिले रिपोर्ट ल्यायो । त्यसको आधारमा परराष्ट्र मन्त्रालयलाई लेखेर दिएको छ । मन्त्रालयले मित्रराष्ट्रसँग मौखिक रुपमा कन्भे गरिसकेको छ । मैले बुझेअनुसार औपचारिक रुपमा पत्राचार हुँदैछ । हेलिकप्टर उडाइरहेको कुरामा पनि हामीले यकिन हुनुपर्छ । पूर्ण जानकारी लिएपछि त्यसको आधारमा उठान गर्नुपर्ने विषय भए सरकारले उठान गर्छ ।’

त्यस्तै, उनले चीनसँगको सीमा विवादबारे अध्ययन समिति बनाईएको बताउँदै भने,‘चीनसँगको सिमाको कुरा गर्दा हुम्लामा पहिलेदेखि नै समस्या छ भनेर भनिएको छ, अतिक्रमण भएको कुरा निर्वाचित प्रतिनिधिले भनेका छन् । पहिलेको सरकारकै पालामा यो विषय उठेको हो । अहिलेको सरकारको पालामा पनि उठेको छ । अहिले मन्त्रिपरिषदले छानबिन समिति बनाएको छ । समितिले जे निश्कर्ष निकाल्छ, त्यही हुन्छ । मिचिएको कुरा देखिए नेपाल सरकारले आफ्नो कुरा उठाउँछ ।’ उनले भारत होस वा चीन होस जायज विषयलाई मित्रराष्ट्रले सुन्नुपर्ने बताएका छन् ।

उनले एमसीसीमा भएका आशंकाहरु अमेरिकी सरकारले हटाउनेपनि विश्वास दिलाए । उनले भने,‘एमसीसी अनुदानमा आएको कार्यक्रम हो । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । सैन्य प्रयोजनमा यो पैसा प्रयोग गर्न पाईँदैन् । कतिपय विषय यो छ कि उ छ कि भनेर कुरा उठेको छ । यसको बारेमा पनि स्पष्ट पार्न सरकारले पहल गरिरहेको छ । एमसीसीबारे अस्पष्ट भएका कुरा, पब्लिकमा भएका अस्पष्ट र जिज्ञासा, आशंका छ, प्रचार धेरै कुरा भएका छन् । त्यो विषयमा अमेरिकी सरकारले क्लारिफाई गर्ला । आशंका निराकरण हुनेछ । यो प्रक्रिया अघि बढ्छ ।’

त्यस्तै, डा. महतले छिट्टै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् । उनले भने,‘अब मन्त्रिपरिषद् चाँडो विस्तार हुनुपर्छ । सरकार गठन भएको लामो समय भैसकेको छ । विभिन्न घटक र पार्टी जोडेर सरकार बनाउनुपरेको छ । घटक दलले समयमा नामावाली नदिँदा, खासगरी माधवजीलाई पार्टी बनाउन लामो समय लाग्यो । जसपाबाट पनि नाम आउन ढिला भयो । तर, अब लम्ब्याउनुहुँदैन् । कांग्रेसमा मन्त्री बनाउने बारेमा कुनै समस्या छैन् । हामी त मन्त्री बन्ने साथीहरुको नाम टुँगो लगाएका छौं ।’

वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखियो

उनले हिजोबाट सुरु भएको कांग्रेसको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको सुनाए । उनले भने,‘अन्ततः मंसिर ९, १०, ११, १२ र १३ गते अन्तिम चरणमा महाधिवेशन हुन्छ । यसमा कुनै द्धिविधा छैन् । यसले कांग्रेसमा उर्जा, जाँगर थपेको छ । महाधिवेशनले पार्टीलाई नयाँ जीवन थप्नेमा मलाई पूरा विश्वास छ । पार्टीको नयाँ विधान, लोकतान्त्रिक विधान छ । निर्वाचन प्रणाली पारदर्शी छ । १० लाखको क्रियाशिल सदस्य बनेको छ । यो अवसर र चूनौति दुवै हो । हामीसँग पार्टीभित्र एकता र सद्भाव कायम राख्ने चूनौति छ । मलाई लाग्छ एउटा युनिक लोकतान्त्रिक अभ्यास हुँदैछ ।’

उनले उम्मेद्धवारीको प्रश्नमा आकांक्षाहरु अभिव्यक्त हुनु स्वभाविक भएको सुनाए । उनले भने,‘अन्ततः कार्यकर्ताहरुबाट, तलबाट खारिएर आउनेले सही अभिमत दिनुहुनेछ । हाम्रो सभापतिले नै आम निर्वाचन जित्ने मूल लक्ष्य हो भनेर भन्नुभएको छ । पार्टीभित्र जो विजयी भएपनि आफ्नै मान्छे हुने हो । पार्टी सभापतिले पनि आम निर्वाचन जिताएरमात्रै विश्राम लिन्छु भन्नुभएको छ । अरु साथीहरुले पनि आ–आफ्नो ईच्छा व्यक्त गरिरहनुभएको छ । आफ्नो ईच्छा व्यक्त गर्न पाईन्छ । मंसिरमा केन्द्रीय नेतृत्वको नोमिनेशनको लागि समय छ । अहिले दाबी गर्नेहरुको भोलि मन बदलिन सक्छ, अनि अहिले चुप लागेकाहरु नोमिनेशनको बेला उठ्न पनि सक्छन् । यसमा चिन्ता गर्नुपर्दैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु