दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फुलकन्ट्याक्ट कराते महासंघको अन्तरक्रिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र १९ गते, शनिबार १९:१०

काठमाडौ ।नेपाल फुलकन्ट्याक्ट कराते महासंघले विविध विषयमा छलफल गरी राय सुझाव लिन ललितपुरको प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाकक्षमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष दमन बस्नेतले महासंघलाई अझ कसरी सशक्त ढंगले अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताउदै महासंघ प्रति केहि गुनासा भए सम्बद्ध पदाधिकारीहरुलाई भेटी आफ्ना कुरा राख्नु पर्नेमा जोड दिए ।
उनले महासंघले गरेका विभिन्न कार्यक्रम तथा भावी दिनमा गरिने कार्यक्रमका बारेमा जानकारी गराए । त्यसै अवसरमा उनले कोरोना भाइरस (कोभिड– १९) का कारण दिवंगत भएका क्योकुसिन करातेका प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको स्मृतिमा स्थापन गरिने कोषका लागि विभिन्न संस्था र व्यक्तिबाट प्राप्त आर्थिक सहयोगका बारेमा पनि जानकारी गराएका थिए । उनले कोषमा जम्मा हुने रकमको ब्याजबाट प्रत्येक वर्ष स्व. वज्राचार्यको स्मृतिमा क्योकुसिन कारतेका एक पुरुष÷महिला खेलाडीलाई उत्कृष्ट खेलाडी चयन गरी पुरस्कृत गर्ने योजना रहेको अवगत गराए । कार्यक्रममा सहभागी क्योकुसिनकर्मीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु