साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

चितवनमा चलचित्र “ग्रीन बर्ड” को कार्यशाला हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार ०६:३५

चितवन । योङ स्टार सिनेमा र निर्भाना फिल्म स्कुलले संयुक्त रुपमा निर्माण हुन गरहेको नेपाली चलचित्र “ग्रीन बर्ड” यतिखेर चितवनमा धमाधम कार्यशाला चलिरहेको छ ।

चलचित्रमा सुरक्षा पन्त ,कमलमणि नेपाल र अफ्रान अलीको मुख्य भूमिका रहनेछ। मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कंडेलको लेखक तथा निर्देशनमा बन्न लागेको चलचित्रले जुन युवतीको आफ्नो परिवार र विश्वबाट बाहिर गएर जिउन खोज्न चाहन्छ त्यो उसको स्वतन्त्र हुनु उसको आफ्नो निजी जीवन र संघर्षमा जोडिएको विशुद्ध पारिवारिक कथामा आधारित रहेको छ ।

मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राख्दै कार्यशाला चलिरहेको चलचित्र “ग्रीन बर्ड” भदौ २५ गतेबाट सुटिङ फ्लोरमा जाने र चलचित्रको छायांकन चितवन र नवलपुर हुने प्रोडक्सन डिजाइन तथा क्रिएटिभ डाइरेक्टर निगम श्रेष्ठले जानकारी दिए । डेब्यु निर्देशक प्रमोद कंडेलकै कथा, अजय खड्काको सम्पादन र कात्तिक कर्नाटकले खिच्ने फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु