साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

एनआरएनएमा बिधानको अपव्याख्या : ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि २०२१ को निर्वाचित एनसीसीले गर्नुपर्ने विधानमा उल्लेख

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १०:०७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनएको बिधान २०२१ को १३ ‘क’ देखि ‘घ’ र अनुसूची ६ ‘क’ मा महाधिवेशन प्रतिनिधि चयनको ब्यबस्था गरेको छ । तर, त्यसलाई वर्तमान नेतृत्वले विधानको अपब्याख्या गरेर आफ्नो मनोपोली रुपमा अगाडि बढाएको छ । हाल एनसिसिमा निर्बाचित भएको नेतृत्वले महाधिबेशन प्रतिनिधी पठाउनु पर्नेमा महासचिब हेमराज शर्माले विधानको गलत व्याख्या गर्दै निवर्तमान एनसीसी नेतृत्वहरुले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि पठाउनु पर्ने पत्राचार गरिएपछि यसको सर्बत्र बिरोध भएको छ ।
शुरुमा त विधानमै रहेको होला भनेर यस्को बिरोध भएको थिएन तर विधानमा कार्यसमिती मात्रै उल्लेख गरिएकाले ६५% महाधिवेशन प्रतिनिधि पनि नबनिर्बाचित कार्यसमितीले पठाउनु पर्ने माग तीब्र रुपमा उठेको छ । गत जनवरी २०२१ मा गरिएको २,५७१ जना बिशेष महाधिवेशन प्रतिनिधिको लागि ३०० जना मात्र अट्ने जुम हल किनेर महाधिवेशनको कोरम नै नपुगि गरिएको थियो ।
तत्कालिन पररास्ट्र मन्त्री प्रदिप ज्ञवालीबाट तोक आदेश लगाएर ल्याएको बिधान २०२१ को १३ क देखि घ सम्म र त्यसलाई सपोर्ट गर्ने अनुसूची ६ ‘क’ को ब्यबस्थाले विश्व÷अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनको ब्यबस्था गरेको थियो । त्यसको ब्याख्या वर्तमान आइसीसीले बदनियतपूर्वक तवरले गरेको एनआरएनए अभियन्ताले आरोप लगाएका छन । वर्तमान आइसीसीले त्यसको अपब्याख्या गरेर एनसीसीबाट ६५% महाधिबेसन प्रतिनिधि चयन गत २०१९ को कार्यसमितिले गर्ने भनेर बिधान बिपरित काम गरेको छ । बिधानको कुनै पनि खण्डमा त्यो कुरा उल्लेख गरिएको भेटिएन । वर्तमान कार्यसमिति भन्नाले २०२१ मा निर्वाचित भएको नेतृत्व नै हुनुपर्नेमा अघिल्लो कार्यसमितीलाई त्यो जिम्मेवारी दिईएकोमा यस्को बिरोध भएको हो ।
त्यसैले ६५ प्रतिशत महाधिवेहन प्रतिनिधि पनि २०२१ मा निर्वाचित राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गर्नुपर्ने हो । यदि गरेको छैन भने बिधानको सो खण्ड उल्लेख गरेर तुरुन्तै नयाँ कार्यसमितिले अर्को लिष्ट पठाउन सकिने बिधान समितिका एक सदस्यले बताए । उनले कही नभएको जात्रा एनआरएनएमा भएको भन्दै एनसिसिहरु बाट जितेर आएको निर्वाचित टिमले पठाएको महाधिबेसन प्रतिनिधिले पो नयाँ आईसिसि नेतृत्व छान्न पाउनुपर्ने बताए । यसअनुसार बिधानलाई अपव्याख्या नगरी जाने हो भने सम्पूर्ण एनसीसीहरुले ६५प्रतिशत महाधिवेशन प्रतिनिधि अघिल्लो कार्यसमितिले पठाएको भए पन् ित्यसलाई फेरि नयाँ लिष्ट पठाउन पाउनुपर्ने माग उठेको छ ।

सो काम निवर्तमान कार्यसमितिले गर्ने भन्ने कुरा बिधानमा कतै पनि उल्लेख नगरिएको र यसको अपब्याख्या मात्रै गरिएको छ । वर्तमान कार्यसमिति भनेको २०२१ मा चयन भएको एनसीसी कार्यसमिति नै हो । यसलाई अनुसूची ६ ’क’ ४ ले पनि थप ब्याख्या गरेको छ । बिधानको कुनै पनि खण्डमा आइसीसीले प्रतिनिधि चयनमा काम गर्न भनेको छैन । सबै एनसीसीले गर्ने भनेको छ तर यसलाई वर्तमान महासचिव हेमराज शर्माले गुमराहमा राखेर आफ्नो समुह अनुकुल निर्णय गरे । अहिले यस्को सर्बत्र बिरोध भएपछी एनआरएनए दर्ता भएको परराष्ट्र मन्त्रालयले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ भने बर्तमान नेतृत्व समस्यामा परेको छ ।

एनआरएनएको बिधान २०२१

https://nrna.org/wp-content/uploads/2021/04/Pramanit-Bidhan-NRNA-2021_.pdf?fbclid=IwAR2bw58ZTvB07Awu2ky77k84CegBrZwxE2_kg0GC0zJCC23447z34AfnlmE

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु