दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साधना लघुबित्तको ब्यवसाय प्रर्वधन तथा जोखिम ब्यवस्थापन तालिम शनिबारबाट गोरखामा सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र २० गते, आईतवार ८:४८

गोरखा। साधना लघुबित बित्तीय संस्था लि केन्द्रीय कार्यालयको आयोजनामा बित्तीय संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिबृद्धिका लागी ब्यवसाय प्रवर्दन एवंम जोखिम ब्यबस्थापनका आधारभुत सिप विकास कला र कौशल बिषयक २ दिने तालिम शनिबारबाट  गोरखामा सूरु भएको छ । बित्तीय संस्थाका सञ्चालक समितीका अध्यक्ष श्री कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यता र बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेज्यूको अध्यक्षतामा सुरु भएको तालिममा सहभागीहरुलाई स्वागत गर्दै बित्तीय संस्थाकी बरिष्ठ प्रवन्धक सरिता ढकाले अनुगमन अधिकृतहरुको कार्यसम्पादन स्तर, क्षमता, सञ्चालित कार्यक्रम को गुणस्तर मापन तथा कर्मचारीहरुको सिकाईस्तर अभिबृद्धि गरी संस्थागत ब्यवसायको प्रवर्दन गर्न र प्रभाबकारी जोखिम ब्यबस्थापनको रणनितीक योजना तय गर्न यस तालिमको आयोजना गरिएको बताउनुभएको छ ।

तालिमको उद्धघाटन सत्र लाई सम्बोधन गर्नुहुदै बित्तीय संस्थाका अध्यक्ष श्री कृष्ण बहादुर थापाले कर्मचारी बित्तीय संस्थाको सम्पती भएकाले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । अनुगमन अधिकृत बित्तीय संस्थाको धरोहर रहेकोले शाखा कार्यालयहरुको अनुगमन कार्य गर्दा संयमित भई गर्न, कार्यक्रमको  गुणस्तर बृद्धि गर्न,संस्थागत सुशासन कायम गरी लक्ष्य अनुसारको प्रगती गर्न अनुगमन अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस बित्तीय संस्थाको ७७ वटा शाखा कार्यालयहरुबाट ग्रामिण तथा दुर्गम क्षेत्रमा करिब ७२,००० सदस्यहरुलाई प्रत्यक्ष बित्तीय सुबिधाहरु प्रदान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु