दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युवा संघ नेपाल काठमाडौं क्षेत्र नं २ द्वारा ब्रिहद बाईक र्याली सहित शंखरापुर नगर कमिटि घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र २० गते, आईतवार १०:१४

सरोज थापा/ काठमाडौं- नेकपा एमाले निकट युवाहरुको भातृ संगठन युवा संघ नेपाल क्षेत्र नं २ काठमाडौं शंखरापुरले ब्रिहद मोटर साईकल र्याली तथा नगर कमिटि घोषणा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद मणीराम फुयाल, सरिता न्यौपाने, शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य बुद्धभक्त चित्रकार, नेकपा जिल्ला कमिटि काठमाडौंका सदस्यद्वय शोभा कार्की एवम् महेन्द्र लाल कायस्थ लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रम माझ शंखरापुर नगर कमिटि गठन गरिएको छ ।
उक्त कार्यक्रम माझ शंखरापुर नगरपालिकाका ९ का जनप्रतिनिधी भाईकाजी श्रेष्ठ प्रदिप कार्की, ज्ञानु श्रेष्ठ, सुल्तना परियार र नगरका युवा नेताहरु प्रल्हाद थापा, माधव श्रेष्ठ, यज्ञ बराल, सन्तोष कार्की, प्रकाश श्रेष्ठ, सागर थापा, मनोज थापा, दिपेश थापा, विजय केसी लगायतका कार्यकर्ताहरुले नेता कार्यकर्ताको भव्य स्वागत गरेका थिए । जसमा हजारौको सँख्यामा युवाहरु एककठ्ठा भई बाइक र्यालीमा सहभागीता जनाएका थिए । र्यालीका साथमा ठुलो सँख्यामा युवाहरुले ऐक्यबद्धता जनाएकाले पनि कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको अनुमान लगाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु