पण्डित दिनवन्धु पोखरेललाई जिपी कोइराला फाउण्डेशन अमेरिकामा स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र २० गते, आईतवार २०:३४

काठमाडौँ, २० भदौ । वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेललाई गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकामा स्वागत गरिएको छ ।

आफ्नो विभिन्न काममा अमेरिका पुग्नुभएका पोखरेललाई शनिबार न्यूयोर्कस्थित फाउण्डेशनको कार्यालयमा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गर्नुभएको हो ।

स्वागत कार्यक्रममा बोल्दै पण्डित पोखरेलले काँग्रेसका पूर्व सभापति एवम् पूर्वप्रधानमन्त्री स्व कोइराला आफ्नो अभिभावक भएको बताउनुभयो । “मेरो पिताजीको निधन भएपछि म क्रिया बस्दै गर्दा कोइराला मलाई भेट्न घरमा आउनुभएको थियो, उहाँले मलाई सान्त्वना दिनुभयो, पछि प्रधानमन्त्री हुँदा दुईपटक भेट्ने मौका पायाँ, उहाँ लोकतन्त्रवादी नेता हुनुहुन्थ्यो,”– पण्डित पोखरेलले भन्नुभयो ।

उहाँले गिरिजाबाबु सँगको सम्बन्धका कारण अहिले डा शशाङ्क कोइराला, डा शेखर कोइराला र सुजाता कोइरालासँग राम्रो सम्बन्ध भएको उल्लेख गनुएभयो । सुशील कोइराला प्रधानमन्त्री हुँदासमेत आफूलाई बेलाबेलामा भेट्न बोलाएको उहाँले सोही अवसरमा स्मरण गर्नुभयो । कोइराला परिवारमा प्रजातन्त्रप्रतिको निष्ठा, प्रतिवद्धता र त्याग रहेको पण्डित पोखरेलले बताउनुभयो । पोखरेलले आफुँ पिता नारायण पोखरेले देखाएको पथमा हिँडिरहेको समेत बताउनुभयो ।

आफ्नो पिता र गिरिजाबाबुको प्रेरणाले शिर उचो राख्दै विश्वभर धार्मिक र आध्यात्मिक चिन्तन एवम् प्रवचनका माध्यमबाट समाजसेवा गर्ने मौका पाएकोमा पण्डित पोखरेलले गर्व गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष घिमिरेसँगै उपाध्यक्ष सुवर्ण लामा, सदस्य एवम् प्रवक्ता रामचन्द्र घिमिरे, वरिष्ठ समाजसेवी पुरुषोत्तम पन्थी, महिला समाजसेवी राधा ज्ञवाली,एनआरएन न्युयोर्क च्याप्टरका सचिव बाशु लामिछाने, कोषाध्यक्ष आशिष सापकोटा, समाजसेवी विरेन्द्र मानन्धर र नेपाली काँग्रेसका युवा नेता राजु रौनीयारलागयतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु