२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५,९७९ वटा नमुना परीक्षणमा देशैभरी १,८९७ जनामा संक्रमण पुष्टि भएको छ ।
आज काठमाडौं ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना गरी उपत्यकामा आज ६०६ जना संक्रमित थपिएका छन् ।
आज थपिएका १८९७ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५६ हजार २१८ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १,७४३ जना निको भएका छन् । आज निको भएका १७४३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ ।
त्यस्तै आज देशैभरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८५८ पुगेको छ ।
नेपालमा हाल ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८ हजार ९११ जना होम आइसोलेशन र २,०६२ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५१२ र भेन्टिलेटरमा १६३ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४४ लाख ६१ हजार ८३५ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५५ लाख ७३ हजार ४१९ जनाले पहिलो मात्रा र ४९ लाख ६२ हजार ७५९ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७२ हजार ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।