• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा मान बहादुर साउँद निर्विरोध चयन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १८:१७

    नमराज भट्ट
    काठमाडौं, २१ भाद्र २०७८

    नेपाल आयुर्वेद औषधि सँघको छैठौं महाधिवेशन बाट मान बहादुर साउँद लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।‌

    सँघको उपाध्यक्षमा चन्द्र कान्त खनाल, महासचिवमा सुमन प्रसाद पाण्डे, कोषाध्यक्षमा महेन्द्र रत्न बज्राचार्य, सचिवमा पिताम्बर अर्याल, सहकोषाध्यक्षमा डा. सुमन पौडेल निर्विरोध निर्वाचित भएका हुन्।

    त्यस्तै गरी सदस्यहरू सूर्य कृष्ण श्रेष्ठ, सम्भु अग्रवाल, बुद्दिमान शाक्य, अर्जुन पौडेल, बिनोद अधिकारी र शिव राम थापा रहेको संघका पूर्व अध्यक्ष बिनोद पौडेलले जानकारी दिनुभयो।

    सिंहदरबार बैधखाना विकास समितिका अध्यक्ष डा. बाबुराजा अमात्यको प्रमुख आथित्यमा महाधिवेशन सम्पन्न भएको छ।

    कार्यक्रममा अतिथि नेपाल आयुर्वेद औषधि उत्पादक संघका संस्थापक अध्यक्ष श्री नारायण प्रसाद अर्याल ज्यूले स्वागत मन्तव्य राखेका थिए।

    कार्यक्रममा ग्रेस फर्मास्युटिकल्सका निर्देशक एवम नेपाल आयुर्वेद उत्पादक संघ लूम्बिनी शाखाका अध्यक्ष तथा नेपाल आयुर्वेद उत्पादक संघका सल्लाहकार समेत रहनु भएका श्री सुरज भट्टराई ज्यु ले आयुर्वेद औषधि लाई नीति नियम अनुसार अगाडि बढेर काम गर्नु पर्नेमा जोड दिदैं आफ्नो मन्तव्य राख्नु भएको थियो।

    त्यस्तै कार्यक्रममा अथिति उद्योगपति तथा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष श्री दिपक प्रसाद दाहाल ज्यूले आयुर्वेद औषधि हाम्रो पिता काल देखी नै चलिआएको हुनाले यसलाई पवित्र सम्झेर यस क्षेत्रलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै नव निर्वाचित समितिलाई बधाई समेत व्यक्त गर्नुभयो।

    त्यस्तैगरी कार्यक्रममा बोल्दै अलाइभ आयुर्वेद फर्मास्युटिकल्सका निर्देशक शिब ज्ञवालीले यस आयुर्वेद औषधि क्षेत्रमा हामीले भारत बाट आउने औषधि बाट पनि हामीले कर तिर्नु त छदै छ हामीले नाफा कमाएको बाट पनि कर तिर्नु परेकोले यस आयुर्वेद क्षेत्रमा जोडिएको सम्पुर्ण साथीहरुलाई पनि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुपर्ने बताए।

    नेपाल आयुर्वेद औषधि उत्पादन सँघका महासचिव सुमन प्रसाद पाण्डेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु