साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्र्दा आकर्षक क्यासब्याक र हरेक महिना आइफोन १२ जित्न सकिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १९:००

काठमाडौ ।नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि रू एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिनेछ । आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिनेछ । आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु