श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

रबिना थापालाई सघाउने निर्णय भएको छैन : जनसम्पर्क समिति युके (विज्ञप्तिसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ०८:५५

काठमाडौं –नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति युकेले गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रको चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन गर्ने निर्णय नभएको बताएको छ । समितिका सभापति युवराज गुरुङले नेपाली जनसम्पर्क समिति युके कार्यसम्पादन समितिको आइतबार बसेको बैठकमा क्रियाशील सदस्यता नवीकरण र अधिवेशनको बारेमा मात्रै निर्णय भएको स्पष्ट पारे । ‘रबिना थापालाई सहयोग गर्ने भन्ने बारे बैठकले कुनै निर्णय गरेको छैन । त्यसैले कुनै भ्रममा नपर्न म आदरणीय जनसमुदायमा अनुरोध गर्दछु,’ उनले भने ।
गुरुङले सोमबार एक विज्ञप्ति जारी गर्दै एनआरएनए आइसीसीको आगामी निर्वाचन सम्बन्धमा नेपाली कांग्रेस पार्टीको निर्देशनअनुसार नै नेपाली जनसम्पर्क समिति बेलायतले सहयोग र समर्थन गर्ने जनाए । उनले आफ्नो हस्ताक्षर विना जनसम्पर्क समिति युकेको लेटरहेडको दुरुपयोग गरिएकोबारे समितिले छानबिन शुरु गरेको पनि बताएका छन् ।
यसअघि गुरुङ सहित प्रवासमा रहेका जनसम्पर्क समितिका सभापतिहरुको एक बैठकले एनआरएनएका सल्लाहकार कुल आचार्यको टिममा बसेर उम्मेदवारी दिन रबिना थापालाई आग्रह गरेको थियो । गत अगष्ट ८ तारिखमा अल्डरशटमा एनआरएनए युकेका नवनिर्वाचित पदाधिकारीहरुको शप ग्रहण कार्यक्रममा बोल्दै रबिना थापाका दाजु तथा एनआरएनए युकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले पनि आगामी निर्वाचनमा एनआरएनएको अध्यक्ष पदमा कुल आचार्यलाई जिताउन सार्वजनिक रुपमा अपिल गरेका थिए । हाल काठमाडौँमा रहेका आचार्यले यसै साता एनआरएनएको रुपान्तरणको एजेन्डासहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु